ओखलढुंगा (रेडियो ओखलढुंगा ) सोह्र बर्षीया एक बालिका बलात्कार गरेको आरोपमा सिद्धिचरण–९ ज्यामिरेका एक पुरुष पक्राउ परेका छन् । एक महिना अघि ती बालिकालाई बलात्कार गरेको आरोपमा ओखलढुंगा प्रहरीले ओखलढुंगाको सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका ३८ बर्षीय राजकुमार भुजेललाई पक्राउ गरेको हो । घटना पश्चात जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा पीडित पक्षले उजुरी हालेको थियो । उजुरीका आधारमा हिजो (शनिबार) भुजेललाई पक्राउ गरिएको प्रहरी निरीक्षक मनिष लुईटेलले जानकारी दिनुभयो ।
बालिका एक महिनाको गर्भवती रहेकाले परिवारले थाहा पाएपछि सोधपुछ गर्दा आफुमाथि बलात्कार भएको बताएको थियो । सोधपुछ पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पक्राउ परेका भुजेललाई ओखलढुंगा जिल्ला अदालतबाट आइतबार सात दिनको म्याद थप गरि अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
२७ माघ २०८१, आइतबार
162
Shares