१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

कार्यसम्पादन मूल्याङ्कनमा सिद्धिचरण प्रथम


२ फाल्गुन २०८१, शुक्रबार  

42
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा) ओखलढुंगाको सिद्धिचरण नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरेको कार्यसम्पादन मूल्याङ्कनमा सिद्धिचरण नगरपालिका प्रथम भएको हो ।
कार्यसम्पादन मूल्याङ्कन नतिजामा ७५.१ अंक प्राप्त गर्दै सिद्धिचरण नगरपालिका प्रथम भएको छ । यस्तै, चिशंखुगढी गाउँपालिका ६७.३,अङ्कका साथ द्वितीय र खिजीदेम्बा गाउँपालिका ५९.८,अङ्क प्राप्त गर्दै तृतीय भएको छ । आयोगले प्रकाशित गरेको नतिजाअनुसार जिल्लाका आठ स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा कमजोर चम्पादेवी गाउँपालिका भएको छ । चम्पादेवीले ४८.७ अंक मात्र प्राप्त गरेको छ । यसैगरी, मानेभन्ज्याङ गाउँपालिका ५५.६, लिखु गाउँपालिका ५४.३, सुनकोशी गाउँपालिका ५३.३, मोलुङ गाउँपालिकाले ५१.१ अंक प्राप्त गरेका छन् ।कार्यसम्पादन मूल्याङकनमा बजेट विनियोजनदेखि कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन गर्ने गरिन्छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०÷८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन सूचाङ्कका आधारमा सबै तहको सरकारको कार्यसम्पादन मूल्याङ्कन गरेको हो । नगर तथा गाउँ कार्यपालिकाले असार १० गतेभित्र आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको अनुमान सम्बन्धित नगर तथा गाउँसभामा पेश गरे÷नगरेको आदि विषयमा मूल्याङ्कन गरेको जनाएको छ ।
त्यस्तै, राजस्व र व्ययको अनुमान असार मासन्तसम्ममा सम्बन्धित नगर तथा गाउँसभाबाट पारित गरे÷गरेको, स्थानीय तहले घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने रकम प्रदेश सञ्चित कोषमा जम्मा गरे÷नगरेको जस्ता सूचक बनाएर मूल्याङ्कन गरिएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १० : ४९ बजे