१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा काश्य पदक विजेता चिरणलाई वडाद्धरा सम्मान


५ फाल्गुन २०८१, सोमबार  

56
Shares

ओखलढुंगा ( रेडियो ओखलढुंगा ) अन्तराष्ट्रिय खुल्ला (ओपन) किक बक्सिङ प्रतियोगितामा काश्य पदक विजेता चिरण राईलाई वडाले नगद सहित सम्मान गरेको छ । ओखलढुंगाको सुनकोशी –४ का राईलाई आज वडा कार्यालयमा नगद रु पाँच हजार (५,०००) सहित खादा लगाई सम्मान गरिएको हो ।
देशका लागी आगामि दिनमा गोल्ड मेडल जत्न थप हौसला प्रदान गर्ने उद्देश्यले काश्य पदक विजेता राईलाई वडाले नगद सहित सम्मान गरेको सुनकोशी –४ का वडा अध्यक्ष टायन्द्र राईले बताउनुभयो । यस्तै वडाले हौसला स्वरुप नगद सहित सम्मान गरेकोमा आफू धेरै खुसि भएको विजेता राईले बताउनुभयो । आगामी दिनमा अझ राम्रो सँग खेलेर देशको लागी गोल्ड मेडल जत्ने बताउँदै राईले वडालाई धन्यबाद व्यक्त गर्नुभयो ।

नेशनल किक बक्सिङ एसोसिएसन मार्फत नेपालको प्रतिनिधित्व गर्दै चौथो वाको इन्डियन खुल्ला (ओपन) किक बक्सिङ प्रतियोगितामा राई सहभागी भएका थिए । सन् २०२५ फेब्रुअरी १ देखी ५ तारिखसम्म भारतमा नयाँ दिल्लीमा भएको प्रतियोगितामा राईले ५१ केजीमुनिको चुनौती प्रस्तुत गरेका थियो ।
आर्थिक संकलन गरेर उहाँ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनु भएको थियो । सुनकोशी गाउँपालिकाले उहाँलाई ३० हजार सहयोग गरेको थियो । बाँकी रकम आफन्तहरु मार्फत संकलन गरेर प्रतियोगितामा सहभागी हुनु भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १२ : १० बजे