ओखलढुंगा (रेडियो ओखलढुंगा )खिजीदेम्बामा खुल्ला पालिका पहिलो मिनि म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ । पर्यटकीय गन्तव्य चिनाउने उद्देश्यले खिजिदेम्बा गाउँपालिका –५ खिजीफलाटे बजारमा मिनि म्याराथन दौड आयोजना हुने भएको हो ।
नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति ओखलढुंगाको आयोजना तथा प्रायोजक खिजीदेम्बा गाउँपालिका र आदिम नेशनल कलेजको सह प्रायोजकमा फागुन ११ गते मिनि म्याराथन आयोजन गर्न लागेको नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति ओखलढुंगाका अध्यक्ष नुरी शेर्पाले जानकारी दिनुभयो ।
मिनि म्याराथन दौडको पहिलो संस्करणमा १० किलोमिटरको म्याराथन दौड आयोजना गर्न लागिएको आयोजक नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष नुरी शेर्पाले जानकारी दिनुभयो । स्वाथ्यका लागी खेलकुद , राष्ट्रको लागी खुलकुद र पर्यटनको लागी खेलखुद भन्ने मुल नाराको साथमा खुल्ला पालिका पहिलो मिनी म्याराथन २०८१ तथा चौथो जिल्ला अधिवेशन र बृहत साँस्कृतिक कार्यक्रम खिजीदेम्बा गाउँपालिका ५ खिजीफलाटे बजारमा सञ्चालन हुने अध्यक्ष शेर्पाले बताउनुभयो । म्याराथन दौड खिजीफलाटे बजार हुँदै चुप्लुभञ्याङ, थोलेदेम्बा, राम्दिङ ,गामासे ताउर हुँदै चुप्लुभञ्याङबाट पुनः खिजीफलाटेमा आएर समापन हुने शेर्पाले बतानुभयो ।
महिला पुरुषबीच प्रतियोगितात्मक रूपमा हुने म्याराथनको विजेताले नगद १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार साथमा प्रमाण–पत्र र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि फागुन १० गते साँझ ७ बजे सम्म नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । प्रतियोगिता विहान ८ बजेबाट सुरु हुने छ ।
१० फाल्गुन २०८१, शनिबार
82
Shares