ओखलढुंगा( रेडियो ओखलढुंगा )खिजीदेम्बामा खुल्ला ‘मिनि म्याराथनको उपाधि पुरुषतर्फ आकाश र महिलातर्फ लाक्पा निमाले जितेका छन । आइतबार खिजिदेम्बामा सम्पन्न म्याराथनमा पुरुषतर्फ खिजीदेम्बा –३ का आकाश विश्वकर्मा र महिलातर्फ खिजीदेम्बा –९ का लाक्पा निमा शेर्पाले उपाधि हात पार्न सफल भएका हुन् ।
त्यस्तै महिलातर्फ दोस्रो प्रिया सुनुवार र तेस्रो हिरा माया भुजेलले उपाधि जितेका छन । पुरुषतर्फ दोस्रो दिपेश थापा र तेस्रो धनराज कुलुङले उपाधि जितेका छन । विजेताहरू पुरुष र महिला दुवैले पहिलो, दोस्रो, तेस्रो हुनेले क्रमशः १५, १०, र ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । मिनि म्याराथन दौडको पहिलो संस्करणमा भएको १० किलोमिटरको म्याराथन दौडमा ५१ जना पुरुष र २२ जना महिला गरि ७३ प्रतिस्पर्धी धावकहरूको सहभागिता रहेको थियो ।
नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति ओखलढुंगाको आयोजना तथा प्रायोजक खिजीदेम्बा गाउँपालिका र आदिम नेशनल कलेजको सह प्रायोजकमा खिजीदेम्बा गाउँपालिका– ५ खिजीफलाटे बजारमा म्याराथन प्रतियोगिता सम्पन्न भएको हो ।
११ फाल्गुन २०८१, आइतबार
172
Shares