१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

नारी दिवस लक्षित महिला भलिवल प्रतियोगिता हुँदै


१३ फाल्गुन २०८१, मंगलबार  

112
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा )खिजीदेम्बा गाउँपालिकाले ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । महिला दिवसको अवसर पारेर गाउँपालिकाले खुला वडा स्तरीय महिला भलिवल प्रतियोगिता आगामी फागुन २१ गते देखी २४ गते सम्म सञ्चालन गर्ने भएको हो । महिला दिवसको अवसरमा विभिन्न कार्यक्रमसँगै भलिवल प्रतियोगिता हुने र २४ गते भलिवल प्रतियोगिताको फाईनल खेल सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालनबाट महिलामा भएको क्षमताको पहिचान गर्दै देश तथा विदेशमा समेत खिजिदेम्बा गाउँपालिकाका महिलाहरुलाई सहभागी गराउने र चुलोचौकोमा मात्रै सिमीत नरही खेल क्षेत्रमा प्रतिनिधित्व बढाउने प्रतियोगिताको उद्धेश्य रहेको गाउँपालिका अध्यक्ष शेर्पाले बतानुभयो ।
खुला वडा स्तरीय महिला भलिवल प्रतियोगिताका विजेताले नगद रु १ लाख १ हजारका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन । त्यस्तै दोश्रो हुने टिमले नगद रु ७६ हजार, तेश्रोले ५१ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन । त्यस्तै प्रतियोगितामा सान्त्वना हुने टीमलाई नगद रु २५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिने गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
भलिवल प्रतियोगितामा विषयगत विधा तर्फ उत्कृष्ट हुने तथा अनुशासीत खेलाडीलाई जनही नगद रु ३ हजार ५५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक खिजिदेम्बा गाउँपालिकाले जनाएको छ । त्यस्तै उत्कृष्ट स्पाईकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भरलाई पनि जनही नगद रु २ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १२ : २३ बजे