ओखलढुंगा (रेडियो ओखलढुंगा) ओखलढुंगाको हर्कपुरमा स्वयंमसेविकालाई सम्मान गरेको छ । मोलुङ गाउँपालिका ४– नम्बर वडा कार्यालय हर्कपुरले आज बिहिबार ९ जना स्वयंमसेविकालाई कदर पत्रसहित नगदले सम्मान गरेको हो । एक कार्यक्रमका बिच वडा भित्र क्रियाशिल रहेका महिला स्वास्थ्य स्वयंमसेविकाले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै वडाले सम्मान गरेको वडा सचिव शान्तिलाल सापकोटाले जानकारी दिनुभयो । यस अगाडी पनि वडा भित्रका जेष्ठ नागरिक र एकल महिलहरुलाई तिर्थ यात्राको लागि खोटाङको हलेसी भ्रमण समेत लगेको वडा सचिव शान्तिलाल सापकोटाले बताउनुभयो । महिला स्वास्थ्य स्वयंमसेविकाले स्वास्थ्य सेवा प्रवद्र्धनको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै आगामी दिनमा पनि यस्तै किसिमको कामको अपेक्षा सहित सम्मान गरिएको वडा अध्यक्ष भोलाराज राईको भनाइ रहेको छ ।
१५ फाल्गुन २०८१, बिहिबार
20
Shares