१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

खिजीदेम्बामा महिला भलिवल प्रतियोगिताको उपाधि मानेभन्ज्याङलाई


२४ फाल्गुन २०८१, शनिबार  

328
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा)खिजीदेम्बा गाउँपालिकाले ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सञ्चालन गरेको महिला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । महिला दिवसको अवसर पारेर गाउँपालिकाले खुला वडा स्तरीय महिला भलिवल प्रतियोगिता फागुन २१ गते देखी खिजीदेम्बा गाउँपालिका –५ खिजीपललाटे सञ्चालन गरेको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा मानेभन्ज्याङ गाउँपालिका –१ मोली प्रथम ,लिखु गाउँपालिका –४ यसम द्धितिय खिजीदेम्बा गाउँपालिका –२ रगनी तृतिय भएका छन भने खिजीदेम्बा गाउँपालिका –४ खिजीकातिले सान्त्वना स्थान हासिल गरेका छन । प्रतियोगितामा १७ महिला टिमको सहभागीता थियो । प्रतियोगिताका विजेताले नगद रु १ लाख १ हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन । त्यस्तै दोश्रो हुने टिमले नगद रु ७६ हजार, तेश्रोले ५१ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन। त्यस्तै प्रतियोगितामा सान्त्वना हुने टीमलाई नगद रु २५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
भलिवल प्रतियोगितामा विषयगत विधा तर्फ उत्कृष्ट हुने तथा अनुशासीत खेलाडीलाई जनही नगद रु ३ हजार ५५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट स्पाईकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भरलाई पनि जनही नगद रु २ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १ : ४७ बजे