ओखलढुंगा (रेडियो ओखलढुंगा ) शेर्पा हेल्पिङ हेण्डस नेपाल र इक्जर गर्डेन फ्रान्सले शिवालय माध्यमिक विद्यालय छेर्मादिङलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यायमा अध्यनरत एक सय १० जना विद्याथीहरुलाई संस्थाले सिसाकलम, कपि, स्टेशनरी लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो ।
विगत देखिनै यस संस्थाले विद्यालयलाई झोला, स्टेशनरी, कपडा लगायतका शैक्षिक सामाग्री वितरण गर्दै आएको शेर्पा हेल्पिङ हेण्डसका प्रबन्धक मिङमार डि शेर्पाले बताउनु भयो । उहाँका अनुसार विद्यालयमा अध्यनरत विद्यार्थीहरुको शैक्षिक गुण्स्तरमा सहयोग पुगोस् भन्ने हेतुले शैक्षिक सामाग्री वितरण गरिएको हो ।

शेर्पाले विद्यालयलाई विगत देखिनै झोला, कपडा, स्टेशनरी लगायतका शैक्षिक सामाग्री वितरण गर्दै आएकोमा विद्यालयका प्रधानाध्यपक ङावा शेर्पाले संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । संस्थाले आगामी दिनमा विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकाे प्रधानाध्यपक शेर्पाकाे भनाइ छ ।