ओखलढुंगा (रेडियो ओखलढुंगा) खिजीदेम्बामा वडा सदस्यहरुका लागी क्षमता विकास तालिम सुरु भएको छ । गाउँपालिकामा वडाका सदस्यहरुका लागी ३ दिने क्षमता विकास तालिम आजबाट सुरु भएको हो
गाउँपालिका भित्रका ९ वटा वडाका ३६ जना वडा सदस्यहरुलाई तालिम दिन सुरु गरिएको खिजीदेम्बा गाउँपालिका उपाध्यक्ष शुसिला तामाङले जानकारी दिनुभयो । उपाध्यक्ष तामाङले तालिम पश्चात वडा सदस्यहरुको भुमिका थप स्पस्ट हुने र बुझार्ईमा एकरुपता हुदाँ काम गर्न सहज हुने धारणा राख्नुभयो । तालिमको उदघाटनमा बोल्दै प्रमुख प्रशासकिय अधिकृत गौरव राज केसीले स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडा सदस्यहरुको काम कर्तव्य र अधिकार गाउँपालिकाको बजेट निमार्ण योजना तर्जुमा योजना तर्जुमा खर्च व्यवस्थापन लगायतका विषमा तालिम केन्द्रित रहने जानकारी दिनुभयो । उहाँले जनप्रतिनिधिहरुलाई आफनो भुमिका र जिम्मेवारी बारे स्पस्ट हुन तालिमले महत्वपुर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नेभयो ।
२५ फाल्गुन २०८१, आइतबार
30
Shares