ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुङ्गामा इन्टरनेट प्रदायक संस्था वार्ल्ड लिङ्क इन्टरनेटका कारण राहदानी दर्ता सेवा अबरुद्ध छ । फागुन २५ गते (आइतबार) देखि अबरुद्ध सेवा २४ घण्टा वितिसक्दापनि शुचारु हुन सकेको छैन ।
समस्याको समाधान नभएका कारण राहदानी दर्ता र जैविक विवरण दर्ता गर्ने काम समेत ठप्प बनेको जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाद्धारा सोमबार जारी सूचनामा उल्लेख छ । ‘सेवा प्रदायक इन्टरनेट कम्पनी वाल्र्ड लिङ्कमा समस्या आई सेवा अबरुद्ध भएको र समस्या समाधान भई नसकेकाले यस कार्यालयबाट प्रदान गर्दै आएको राहदानी दर्ता र वायोमिट्रिक सेवा बन्द रहेको सूचित गरिन्छ ।’ सहायक प्रमुख जिल्ला अधिकारी वेधनिधि खनालद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ । समस्याको समाधान भई सेवा सूचारुबारे अन्यौलतासँगै घण्टौंदेखि धाएर आएका सेवाग्राही मार्कमा परेका छन् । वैकल्पीक व्यवस्थापन गरेर सेवा पाउनुपर्ने उनीहरुले माग गरेका छन् ।
२६ फाल्गुन २०८१, सोमबार
18
Shares