१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

सचेतना बोड ट्राफिक प्रहरीलाई हस्तान्तरण


२७ फाल्गुन २०८१, मंगलबार  

24
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा)सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीलाई सचेतनामुलक बोर्ड हस्तान्तरण गरेको छ । सिद्धिचरण नगरपालिकाकाले ट्राफिक संकेत, नियम र सतर्कता, सचेतना सन्देश लेखिएको २० वटा सचेतना बोर्ड ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
सिद्धिचरण राजमार्ग अन्तर्गत सरमुकाम क्षेत्र देखि सिद्धिचरण नगरपालका–६ ठाडेसम्म ट्राफिक जानकारी मुलक बोर्ड राखिने जिल्ला ट्राफिक प्रहरी प्रमुख आशिष काफ्लेले जानकारी दिनुभयो ।
यस्तै ,नगरपालिकाले सवारी साधनमा हुने आगलागी तत्काल नियन्त्रणका लागी आगो निभाउने यन्त्र प्रदान गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : ४२ बजे