ओखलढुंगा (रेडियो ओखलढुंगा ) ओखलढुंगाको सिद्धिचरण नगरपालिका –२ निशंखेमा विपद् व्यवस्थाप सम्बन्धी तालिम सम्पन्न भएको छ । निशंखेमा तलुवा, ठूलाछाप र भदौरेका समुदायलाई विपद् व्यवस्थापनमा आत्मनिर्भर बनाउन दिइएको तालिम आज सम्पन्न भएको हो ।
स्वयंसेवी अभियान नेपाल (भिन) संस्थाको आयोजनामा तीन नवगठित सामुदायिक विपद् व्यवस्थापन कार्यसमितिका २१–२१ जना गरी ६३ जनालाई तालिम दिइएको हो । स्वयंसेवी अभियान नेपाल (भिन) संस्थाको आयोजना र युरोपियन सोलिडारीटी क्रप्सको सहयोगमा तीन नवगठित सामुदायिक विपद् व्यवस्थापन कार्यसमितिका २१–२१ जना गरी ६३ जना छनोट गरिएको थियो । ओखलढुङ्गा सशस्त्र प्रहरी बल, सश्स्त्र प्रहरी नायक उपरीक्षक (डीएसपी) प्रभात कुमार गौतम, कोमल खड्का, सन्दिप कार्की, दुर्गा बहादुर राई र ङावा शेर्पाले तालिमको प्रशिक्षण गर्नुभएको थियो ।

तालिममा विपद् जोखिम व्यवस्थापन तथा क्षति मूल्याङ्कन, आधारभूत प्राथमिक उपचार, खोज तथा उद्धार सम्बन्धी जानकारी गराईएको थियो । समुदायलाई विपद् व्यवस्थापन तथा प्रतिकार्यमा दक्ष, आत्मनिर्भर र प्रभावकारी बनाउन सक्ने उद्देश्यले तालिम दिइएको स्वयंसेवी अभियान नेपाल भिनका कार्यक्रम प्रबन्धक क्षितिज शर्माले जानकारी दिनुभयो ।
फाल्गुन २१ गते देखि शुरु भएको तालिम प्रत्येक दिन ६ घन्टा सम्म संचालन भएको थियो ।
