ओखलढुंगा (रेडियो ओखलढुंगा) स्वामी १००८ कृष्णानन्द जी महाराज कालीदास बाबा ओखलढुंगा आउनु भएको छ । नेपाल भ्रमण आउने क्रममा कालीदास बाबा ओखढुंगाको मोलुङ गाउँपालिका –४ स्थित जलजलेश्वर महादेव मन्दिर आएर दर्शन गर्नुका साथै स्थानीय भक्तजनहरूसँग भेटघाट गरिएको हो ।

आफनो जन्मभुमि ओखलढुंगाको धार्मिक यात्रामा आउनु भएका बाबालाई भव्य स्वागत गरिएको छ ।
अन्तर्राष्ट्रि सन्त मण्डलेश्वर कालिदास भारतको दिल्ली बाट चैत १ गते नेपाल आईपुग्नुभएको थियो । उहाँ जलजलेश्वर महादेव मन्दिरको दर्शन गरेर आजै खोटाङको हलेसी पुग्नुभएको छ ।

बाबा कालिदासले सबै एक भएर समाजलाई सेवा पुग्ने मौलिक र भौतिक कार्यलाई अगाडी बढाएर जिल्लालाई सेवा पुग्ने काम गर्न अनुरोध गर्नुभएको छ । यस्तै जलजलेश्वर मन्दिरलाई धार्मिक पर्यटनको रुपमा चिनाउन नैतिक र आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।ओखलढुंगाको सिद्धिचरण नगरपालिका –५ बर्णालुमा जन्मिएको कालिदास बाबा भारतकै प्रसिद्ध धर्मगुरु हुन ।