१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

शेर्पा संघको केन्द्रीय वैठक सोलुखुम्बुमा गर्ने तयारी


२ चैत्र २०८१, आइतबार  

476
Shares

काठमाडौं । नेपाल शेर्पा संघको केन्द्रीय समितिको नियमित वैठक सोलुखुम्बुको सल्लेरीमा हुने भएको छ । चैत्र ९ र १० गते सदरमुकाम सल्लेरीमा वैठक आह्वान गरिएको हो । बैठकले सातौ महाधिवेशनको मितितय गर्ने अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिनुभयो ।
शेर्पालुङको राजधानी समेत भनेर परिचित सल्लेरीबाट महाधिवेशनको मितिसहित फरक सन्देश दिने तयारी भइरहेको अध्यक्ष शेर्पाको भनाई छ ।
बैठकमा विभिन्न विषयमा कार्यपत्रसहित प्रस्तुतीकरण (समूहगत छलफल) समेत हुने महासचिव लाक्पा शेर्पाले जानकारी दिनुभयो । जसअनुसार धर्म, संस्कृति र हाम्रा मान्यताहरुबारे आचार्य नुर्बु शेर्पा, जलवायू परिवर्तन र हिमाली क्षेत्रबारे आङ छिरिङ शेर्पा, समसामयिक राजनैतिक अवस्था र पहिचानको आन्दोलनबारे अध्यक्ष गेल्जे लामा शेर्पा र शेर्पालुङ सभा अवधारण महासचिव लाक्पा शेर्पाले प्रस्तुत गर्ने जनाइएको छ ।
त्यस्तै, वैठकको व्यवस्थापनको जिम्मेवारी बाँडफाँड गदै विभिन्न गुम्बा र शेर्पा गाउँको भ्रमण व्यवस्थापन अध्यक्ष शेर्पा, स्थलगत तयारी (बैठक, होटल, सभाहल समेत)को जिम्मेवारी बरिष्ठ उपाध्यक्ष ङावाङ सोनाम शेर्पा र महासचिव शेर्पालाई दिने निर्णय गरेको छ । त्यससँगै आइतबार नै महासचिव वैठकको तयारीका लागि सल्लेरी गई सकेका जनाइएको छ ।
त्यस्तै, छपाई तथा सञ्चार व्यवस्थापन सचिव लाक्पा जी शेर्पा, आर्थिक व्यवस्थापन, संकलन कोषाध्यक्ष आङ काजी शेर्पा र यातायात, लुङ्ता र स्वागतद्धार व्यवस्थापन सचिवालय सदस्य रग्वा शेर्पालाई दिने निर्णय भएको संघले जनाएको छ ।
बैठकमा केन्द्रीय सल्लाहकार, कार्यसमिति लगायत प्रदेश १ र ३ अध्यक्ष अध्यक्ष, १ नम्बर प्रदेशका सबै जिल्ला अध्यक्ष, इच्छुक आबद्ध संस्था, किदुगका पदाधिकारीहरुलाई सहभागि गराउने निर्णय गरेको छ । सहभागि हुन चाहनेले नाम दर्ता र शुल्क संकलन चैत्र ५ गतेभित्र अनिवार्य गर्नुपर्ने कोषाध्यक्ष शेर्पाले जनाएको छ ।
कार्यक्रम दुई वटा सत्रमा विभाजन गरी सञ्चालन गर्ने र जसमा विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म कार्यपत्र प्रस्तुतीसहितको अन्तक्र्रिया कार्यक्रम र २ बजेदेखि केन्द्रीय समितिको वैठक बस्ने गरी तयारी भइरहेको संघले जनाएको छ । वैठक पश्चात् चैत्र १० गते सोलुखुम्बुको विभिन्न धार्मिक, ऐतिहासिक ठाउँको भ्रमण र सांस्कृतिक कार्यक्रम समेत रहने सचिव शेर्पाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  १० : ५६ बजे