१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

सिस्नेरीका विद्यार्थीलाई मोवाइल मर्मत तालिम


२ चैत्र २०८१, आइतबार  

30
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा ) सुनकोशी गाउँपालिका –३ सिस्नेरमा तीन महिने मोबाइल मर्मत तालिम सम्पन्न भएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुंगा लगायतको आयोजनामा तालिम सम्पन्न भएको हो ।
केन्द्र, कालिका माध्यमिक विद्यालय सिस्नेरी र वडा नं. ३ को संयूक्त आयोजनामा गरिएको निशुल्क मोबाइल मर्मत तालिम आइतबार सम्पन्न भएको सहायक कम्प्युटर अपरेटर लुकहरी बास्तोलाले जानकारी दिनुभयो । विद्यालयमा अध्यनरत १२ जना विद्यार्थीहरुलाई तालिम दिइएको बास्तोलाको भनाई छ । केन्द्रको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार केन्द्रको आर्थिक सहयोगमा युवाहरुलाई स्वदेशमा नै स्वरोजगार बनाउने उद्देश्यले विद्यार्थीहरुलाई उक्त तालिम दिइएको जनाइएको छ ।


औपचारिक शिक्षासँगै व्यवहारिक ज्ञान समेत हासिल गरेर विद्यार्थीहरुलाई स्वरोगार बन्न तालिमबाट स्थानीयस्तरमा रोजगारको अवसर प्राप्त हुने र सरकारको पढ्दै कमाउँदै कार्यक्रमलाई समेत सहयोग पुगेको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ११ : १२ बजे