१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

आमा र शिशुलाई कोशेली भेट


२ चैत्र २०८१, आइतबार  

24
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा) आमा र शिशुलाई कोशेली भेट गरिएको छ ।ओखलढुंगाको सिद्धिचरण नगरपालिका –७ का आमा र शिशुलाई कोशेली भेट गरिएको हो । यस आर्थिक वर्षको शनिबार चैत्र २ गते सम्म सुत्केरी हुने आमा र बच्चालाई कोशेली भेट गरिएको वडा अध्यक्ष वडा अध्यक्ष भल बहादुर कट्वालले जानकारी दिनुभयो ।
वडास्तरीय सुत्केरी कोसेली भेट कार्यक्रम अन्तरगत १३ जना आमा र शिशुलाई भेटघाट गरिएको वडा अध्यक्षको भनाई छ । भेटघाटमा स्वास्थ्य शिक्षासँगै आमा र शिशुलाई घ्यू, अण्डा, साबुन र बच्चालाई न्यानो कपडा लगायतका कोसेली प्रदान गरिएको अध्यक्ष कट्वालले बताउनु भयो ।
आमा र शिशुलाई स्वस्थ रहन मदत पुगोस् भन्ने उदेश्यले वडाले गत वर्ष देखी सुत्केरी कोसेली भेट कार्यक्रम संचालन गरेको हो । वडाबाट गत वर्ष ३० जना आमा र शिशुलाई कोशेली भेट गरिएको जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ११ : ३१ बजे