ओखलढुंगा (रेडियो ओखलढुंगा)चम्पादेवी गाउँपालिकाको आयोजनामा हुन लागेको दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता यही चैत्र २७ गते देखी हुने भएको छ । प्रतियोगितामा सहभागिताको लागि दर्ता आवेदन खुला गरिएको छ ।गाउँपालिकाले सुचना जारी गर्दै चैत्र २६ गते सम्ममा टिम दर्ता गर्न अनुरोध गरेको छ । अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८१ को विजेताले शील्ड, मेडल र प्रमाणपत्र सँगै नगद रु २ लाख प्राप्त गर्नेछन् । द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः१ लाख ५० हजार, १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ प्राप्त गर्ने छन । खुला श्रेणीको घोडा रेस तर्फ प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमशः ३० हजार, २० हजार,१० हजार र ५ हजार रुपैयाँ प्रदान गरिने छ ।
पालिका भित्रका वडा स्तरीय महिला भलिबल तर्फ प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमशः ५० हजार, ३५ हजार, २० हजार र १० हजार रुपैयाँ पाउनेछन । पुरुष तथा महिलाको तान डोरीमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना समुहले क्रमशः २० हजार, १२ हजार, ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन ।
घैंटो फुटाउने महिला र भाले झिक्ने महिला तथा पुरुष खेलहरुमा विजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । म्युजिकल चियर महिला तर्फ पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्नेहरुले ५ हजार, ३ हजार, २ हजार र १ हजार पाउने छन । त्यस्तै गोरु जुधाई तर्फ प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई २० हजार, १० हजार, ५ हजार र २ हजार प्रदान गरिने छ ।
गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्षकपलाई मिनि खेलकुद महोत्सवको रुपमा समेत मनाउन लागिएको छ । दोश्रो अध्यक्षकपको अबसर पारेर सञ्चालन हुने पालिका स्तरीय खेलकुद मिनी महोत्सवमा महिला÷पुरुष रनिङ, सटपुट, पालिकाका वडा स्तरीय तानडोरी प्रतियोगिता, महिला भलिवल, घैंटो फुटाई, गोरु जुदाई, घोडा रेस प्रतियोगिता हुनेछ । त्यस्तै खेलकुद मिनी महोत्सवमा म्युजिकल चियर, भाले झिक्ने, जिवनसाथि बोकेर दौडने, हाजिरी जवाफ, बक्तृत्वकला तथा लोक दोहोरी गित प्रतियोगिता समेत हुनेछ ।
अध्यक्षकप खुला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता बाहेकका सम्पूर्ण प्रतियोगितामा चम्पादेवी गाउँपालिकाका नागरिकहरु मात्रै सहभागी हुन पाउनेछन् । गाउँपालिकामा छरिएर तथा लुकेर रहेका प्रतिभाहरुको खोजी तथा सहभागीता गराउने उद्धेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले जानकारी दिनुभभयो ।
प्रतियोगिता चम्पादेवी गाउँपालिकाको वडा नं. ९ विलन्दु दल्लीडाँडामा रहेको जिल्लाको पहिलो ठूलो खेलकूद मैदानमा आगामी चैत २७ गते देखी ३० गतेसम्म चार दिन सञ्चालन हुने चम्पादेवी गाउँपालिकाले जनाएको छ ।
२० चैत्र २०८१, बिहिबार
36
Shares






