८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

निःशुल्क तीन महिने आधारभूत कम्प्युटर तालिम सुरु


२४ चैत्र २०८१, सोमबार  

56
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा ) ओखलढुंगामा निःशुलक तीन महिने आधारभूत कम्प्युटर तालिम सुरु भएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको ओखलढुंगाको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आजदेखि निःशुल्क तालिम सुरु भएको हो ।
तालिममा २१ जना प्रशिक्षर्थीहरु सहभगी भएका छन् । गत चैत १० गते केन्द्रले प्रकाशन गरेको सूचनाको आधारमा आवेदन दिएकाबाट छनौट भएका २१ जना प्रशिक्षर्थीहरुलाई तालिम दिइएको केन्द्र प्रमुख जितेन्द्र राईले जानकारी दिनुभयो । उहाँले युवाहरुलाई स्वदेशमा नै स्वरोजगार बनाउने उद्देश्यले तालिम दिइएको र जागरुक्ता साथ तालिममा सिकाइएका सीप सिक्न आग्रह गर्दै प्रशीक्षर्थीहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।
यस्तै आज ४५ दिने डिप्लोमा कम्प्युटर तालिम सम्पन्न भएको छ । तालिममा १८ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । उनिहरुलाई प्रमाण पत्र वितरण गरि तालिम सम्पन्न गरिएको केन्द्रका सूचना अधिकारी भविन्द्र कुमार खत्रीले जानकारी दिनुभयो ।
यस्तै केन्द्रले चालु आर्थिक वर्षको हाल सम्म आधारभूत कम्प्युटर तालिम, कटाई सिलाई, मोवाईल मर्मत, विद्युत जडान, केश श्रृंगार लगायतका नौ (९) वटा तालिम सञ्चालन गरेको छ । ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा उक्त तालिम सञ्चालन गरिएको हो । हाल तीन जिल्लामा मोवाइल मर्मत, ढाका बुनाई लगायतका आठ वटा तालिम सञ्चालन भइरहेको छ भने पाँच वटा तालिम सञ्चालन गर्न बाँकी रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  १२ : ५० बजे