८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

आगलागी हुँदा सात लाखको क्षती


२६ चैत्र २०८१, बुधबार  

38
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा ) केउरेनीको एक घरमा आगलागी हुँदा सात लाख बराबराको क्षती भएको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका –५ केउरेनीका तेज वहादुर मग्रातीको घरमा आगलागी हुँदा सात लाखको क्षती भएको हो ।
बिजुलीको तार सर्ट भई लागेको आगोबाट घर, नगद ४१ हजार, दुई तोला सुन, अन्नपात लत्ता कपडा र भाडावर्तन जल्दा सात लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
मानविय तथा पशु चौपाया क्षती भने भएको छैन् । प्रहरी चौकी प्राप्चाबाट खटिएको प्रहरी टोली र स्थानिय वासिको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १२ : २५ बजे