८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

लिखुमा चट्याङ लागेर पाँच जना घाइते


२७ चैत्र २०८१, बिहिबार  

26
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा ) लिखु गाउँपालिकामा चट्याङ लागेर पाँच जना घाईते भएका छन् । ओखलढुंगाको लिखु गाउँपालिका–५ मझुवामा आज विहान चट्याङ लागेर पाँच जना घाईते भएका हुन् ।
घाइते हुनेहरुमा स्थानीय हर्कबहादुर श्रेष्ठ, केशरी माया सुनुवार, पदम बहादुर तामाङ, सुन्तली माया तामाङ र भोजबहादुर सुनुवार रहेका वडा सदस्य देवी राज तामाङले जानकारी दिनुभयो । घाइते मध्य टाउकोमा चोट लागेको हर्कबहादुर श्रेष्ठको यसमको पालिका अस्पतालमा उपचार पश्चात घर फर्काइएको सदस्य तामाङले बताउनुभयो । अहिले घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यस्तै चट्याङले गाउँको ५० घरधुरीको विधुतको मिटर बक्स र वायरिङमा समेत क्षति पुगेको छ । क्षतिको एकिन विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  १० : ५३ बजे