८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

शेर्पा मातृभाषा तथा संस्कृति प्रशिक्षण शुरु


१ बैशाख २०८२, सोमबार  

94
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा ) नेपाल शेर्पा संघ, जिल्ला कार्यसमिति, ओखलढुंगाको आयोजनामा एक महिनो शेर्पा मातृभाषा तथा संस्कृति प्रशिक्षण शुरु भएको छ ।
चिसंखुगढी गाउँपालिका वडा नंं ४ र ७ मा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सानेपाको आर्थिक सहयोगमा एक महिने प्रशिक्षण शुरु भएको हो ।
प्रशिक्षणको सहजिकरण लोपेन रिन्छेन शेर्पाले गर्ने नेपाल शेर्पा संघ, ओखलढुंगाका अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिनुभयो । प्रशिक्षणमा वडा नं. ७ को ठूलढुंगामा २७ र वडा नं. ४ को खस्रेमा २३ जनाको सहभागिता रहेको नेपाल शेर्पा संघ चिसंखुगढीका अध्यक्ष पासाङ ल्हाक्पा शेर्पाले जानकारी दिनुभयो । तालिम उद्घाटन कार्यक्रममा हिमाली शेर्पा सांस्कृतिक समाजका संस्थापक अध्यक्ष पासाङ किपा शेर्पा, पेमसाङ्गे शेर्पा, स्थानीयहरुको उपस्थिती रहेको थियो ।
प्रशिक्षणमा आधारभूत सामभोटा लिपी, दैनिक पूजापाठ, स्वागत, विदाई, विवाहमा गाइने गीत र रीतिथितीको बारेमा प्रशिक्षण दिइने प्रशिक्षक शेर्पाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १२ : ३१ बजे