८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

चम्पादेवीमा चट्याङ लागेर दुई जना घाइते, ७० हजारको क्षती


२ बैशाख २०८२, मंगलबार  

4
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा ) चम्पादेवीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् जिल्लाको चम्पादेवी गाउँपालिका ९ डल्लीडाँडास्थित आज दिउँसो परेको चट्याङको झिल्कोले लागेर हरी तामाङको होटलमा खाजा खाने क्रममा २ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा चम्पादेवी ८ विलन्दुका ३१ वर्षका चुत्र बहादुर दर्जी र विलन्दुकै पुरानोगाँउ बस्ने गणेश लाखेकी छोरी वर्ष १६ वर्षीय सबिना लाखे रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो । घाइतेको तत्काल उद्धार गरेर उपचारका लागि मिश्रभञ्ज्याङ स्थित स्वास्थ चौकी पठाइएको छ । उनीहरुको अवस्था बोल्न सक्ने र सामान्य रहेको छ ।
गाउँपालिकामा जिल्ला स्तरीय राष्ट्र«पति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भईरहेको नजिकै परेको चट्याङको झिल्काले लागेर स्थानीय तथा खेलाडी विद्यार्थीहरुलाई समेत चोट लागेको छ ।
यस्तै चम्पादेवी गाउँपालिका – ९ खानि गाँउका लोक बहादुर मगरको बाख्रा खोरमा चट्याङ लागेर ७० हजार बराबरको क्षती भएको छ ।
घर नजिकै रहेको खोरमा चट्याङ लागेर दुई वटा बाख्रा, (एक वटा बोका, तीन वटा भाले कुखुराको मृत्यु भएको छ ।
बाख्राको खोरमा भएको ४० वाटको सोलार प्यानल र १२ भोल्टो ब्याट्रीमा समेत चट्याङ लागेर ७० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १ : ०० बजे