८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

आगलागीले करिव १५ लाखको क्षती


६ बैशाख २०८२, शनिबार  

60
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा)शुक्रबार विद्युत सर्ट भई अधेरीको एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षती भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका –३ अधेरी बस्ने प्रताप राईको घरमा विद्युत सर्ट भई आगलागी हुँदा १५ लाख बराबरको क्षती भएको हो ।
आज दिउँसो राईको ढुङ्गा माटोको गारो, टिनको छानो भएको २ तले घरमा विद्युत सर्ट भई अचानक आगलागि भएको र उक्त आगो अनियन्त्रित हुँदा उनकै अर्को २ तले घरमा समेत आगलागि भएको प्रहरीले जनाएको छ । आगलागिबाट २ वटा घर, घर भित्र रहेको सुनचाँदीको गरगहना,नगद, अन्नपात,भाडाबर्तन र लत्ताकपडा समेत पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सुचना अधिकारी विजय कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ११ : ५७ बजे