ओखलढुंगा (रेडियो ओखलढुंगा)आदिवासी जनजाती युवा महासंघको अध्यक्षमा किरण श्रेष्ठ निर्वाचित भएका छन् । ओखलढुंगामा सम्पन्न छैठौं संघीय महाधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन । वरिष्ठ उपाध्यक्षमा सुभलाल राई, संघिय उपाध्यक्षमा मनराज गुरुङ, महिला उपाध्यक्षमा सुप्रिया राई र सुचिउन्मुख उपाध्यक्षमा देव बाहिङ विजयी भएका छन् ।
महासंघको महासचिवमा घम्बा तामाङ, उपमहासचिवमा सुवास मोक्तान र कोषाध्यक्षमा रब्बा शेर्पा विजयी भएका छन् । यसैगरी महाधिवेशन बाट सात वटै प्रदेशमा सात जना सचिव निर्वाचित भएका छन् ।
सचिव १ मा टार्जन सुनुवार, २ मा जितेन्द्र सुमार सिं, ३ मा योगेश मोक्तान, ४ मा रेखा लोप्चन तामाङ, ५ मा अर्जुन गुरुङ, ६ मा पेमा वाङ्मो लामा र ७ मा तुलबहादुर थापा मगर निर्वाचित भएका छन् ।
जिएस गुरुङको अध्यक्षतामा सम्पन्न भएको निर्वाचन बाट ३० जना संघिय सदस्य निर्वाचित भएका छन् ।
८ बैशाख २०८२, सोमबार
0
Shares