८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

ट्रयाक्टर दुर्घटना हुँदा पाँच घाइते


१० बैशाख २०८२, बुधबार  

42
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा) मानेभञ्ज्याङमा बुधबार विहानै ट्रयाक्टर दुर्घटना भएको छ । जयरामघाटबाट सोक्माटार तर्फ आउदै गरेको स १ त ६११६ नम्बरको ट्याक्टरको पछाडीको ट्रलिको हिच पिन भाचिन गई बुधबार बिहान दुर्घटना हुँदा ट्रयाक्टरमा सवार पाँच जना घाइते भएको हो ।
ट्रयाक्टर दुर्घटनामा परि घाइते हुनेहरुमा मानेभञ्ज्याङ गाँउपालिका –२ का धन कुमार वि.क., मन कुमार वि.क., भाइकाजी राइ, झनक श्रेष्ठ र तुल बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।
दुर्घटनामा परि घाइते भएकाहरुको तत्काल उद्दार गरी उपचारका लागि सामुदायीक अस्पताल मिसन सोब्रु ल्याइएको छ । घाइते सबैको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालकलाई भने प्रहरीले हर्कपुर प्रहरी चौकीमा नियन्त्रणमा लिइ राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : २३ बजे