ओखलढुंगा (रेडियो ओखलढुंगा )आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा चिसंखुगढीमा आधारभूत शेर्पा मातृभाषा तथा संस्कृति प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल शेर्पा संघ, जिल्ला कार्यसमितिको आयोजना तथा संघ चिसंखुगढी गाउँपालिकाको समन्वयमा बैशाख १ गतेबाट शुरु भएको प्रशिक्षण एक समारोहकावीच सम्पन्न भएको हो ।
प्रशिक्षणमा चिसंखुगढी ४ मा २५ जना र वडा नं. ७ मा ४५ बढीको सहभागिता रहेको थियो । प्रशिक्षणमा शेर्पा संस्कृति, सामभोटा लिपी, विभिन्न धार्मिक तथा परम्परागत कार्यहरुमा गरिने पूजाविधिको बारेमा प्रशिक्षण सञ्चालन गरिएको नेपाल शेर्पा संघ चिसंखुगढी गाउँपालिका समितिका अध्यक्ष पासाङ लाक्पा शेर्पाले जानकारी दिनुभयो ।
लोपेन रिन्छेन शेर्पाले सहजीकरण गर्नुभएको प्रशिक्षण प्रभावकारी भएको र यसबाट शेर्पा जातिको पहिचान, परम्परागत मान्यता, बौद्ध धर्म विधि अनुसार दैनिक रुपमा गरिने पूजापाठ, स्वागत, सम्मान गर्दा गाइने गीतहरु सिक्ने अवसर पाएको प्रशिक्षार्थी पलामू शेर्पाले बताउनुभयो ।
२१ बैशाख २०८२, आइतबार
28
Shares






