२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

ओखलढुंगा पूर्ण खोपयुक्त जिल्ला घोषणा


२८ बैशाख २०८२, आइतबार  

18
Shares


ओखलढुंगा रेडियो (ओखलढुंगा)ओखलढुंगा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम तालिकाअनुसार जिल्लाका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसके पछि जिल्लालाई पुर्ण खोप सुनिस्चिताता तथा दिपोपना जिल्ला घोषणा गरिएको हो । जिल्ला भित्रका १६ देखि ५९ महिना उमेर समूहका कूल ३ हजार १ सय ४० जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार सबै प्रकारका खोपको मात्रा पाईसकेकाले जिल्लालाई पुर्ण खोप सुनिस्चिताता तथा दिपोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।
हरेक वर्ष जन्मिएका सबै बालबालिकाले खोपका सबै मात्रा पाएसके पछि जिल्लालाई पुर्ण खोप सुनिस्चिताता जिल्ला घोषणा गरिन्छ । यस्तै जन्म देखि १५ महिना उमेर समूहका एक हजार ६८४ जना बालबालिकाहरुले पनि उमेर अनुसार नियमिति खोप पाइसकेका छन् ।
जन्मदेखि १५ महिनासम्मका बालबालिका सिद्धिचरण नगरपालिकामा ३१९, चिशंखुगढीमा १६५, मानेभञ्ज्याङमा ३१९, मोलुङमा १५३, सुनकोशीमा २६७, चम्पादेवीमा १७२, लिखुमा १३१ र खिजीदेम्बामा १५८ जना छन् ।
१६ देखि ५९ महिना उमेरका बालबालिका सिद्धिचरणमा २४१, चिशंखुगढीमा १२८, मानेभञ्ज्याङमा ८५१, मोलुङमा ५०८, सुनकोशीमा ४३६, चम्पादेवीमा ६०८, लिखुमा २८१ र खिजीदेम्बामा ९७ जना छन् ।
यसअघि वडा, गाँउ तथा नगरपालिका पुर्ण खोपयुक्त घोषणा भएपनि जिल्लाई घोषणा गरिएको कार्यलयले जनाएको छ । कोशी प्रदेशका १४ जिल्ला मध्ये यस वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने ओखलढुंगा पहिलो जिल्ला बनेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  २ : २४ बजे