ओखलढुंगा (रेडियो ओखलढुंगा)सिद्धिचरणमा मंगलबार देखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सिद्धिचरण नगरपालिकाको आयोजनामा प्रथम मेयरकप खुला पुरुष फुटबल प्रतियोगिताका वैशाख ३० गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन हुने भएको हो ।
प्रथम मेयरकप खुला पुरुष फुटबल प्रतियोगिताका विजेता टीमले नगद रु २ लाख २२ हजार २२२ का साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उपविजेताले नगद रु १ लाख ११ हजार १११ का साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा सेमिफाईनलमा प्रबेश गर्न सफल दुई टीमले क्रमशः नगद ४४ हजार ४४४ का साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा विषयगत विधा तर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । विषयगत विधा तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल स्कोररलाई जनाही नगद रु ५ हजारका साथमा ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिता सगरमाथा जनता माद्यमिक विद्यालयको खेलमैदानमा फिफाको नियम अनुसार खेलाइने नगरपालिकाले जनाएको छ ।
२९ बैशाख २०८२, सोमबार
24
Shares






