२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

माओवादी : पालिका अधिवेशनबाट ३७ सदस्य गठन


२९ बैशाख २०८२, सोमबार  

26
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र सुनकोशी गाउँपालिकाको दोस्रो पालिका अधिवेशनबाट ३७ सदस्य गठन गरिएको छ । शनिबार सम्पन्न अधिवेशनबाट सानू तामाङको अध्यक्षतामा ३७ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो । नयाँ कमिटीका उपाध्यक्षहरुमा डम्बर तामाङ, दिल पाख्रीन, खेटराज धमला, खिनिमाय तामाङ र ललिता सुनुवार चयन हुनुभएको छ । । त्यस्तै, सचिवको जिम्मेवारी दिनेश जेरोलाई दिइएको छ भने सह सचिवका रूपमा मिलन मगर र पेशल गिरीलाई चयन गरिएको छ । कोषाध्यक्षमा धनकुमारी मगर सहित अन्य सदस्यहरु सर्वसम्मतिले निर्वाचित भएका छन ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : ५९ बजे