ओखलढुंगा( रेडियो ओखलढुंगा) नेपाल शेर्पा संघ ओखलढुंगाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । बुधबार तेस्रो अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले पुन अध्यक्षमा पेम्बा शेर्पालाई निर्विरोध निर्वचित गराएको छ । शेर्पाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा फूर्ब शेर्पा, सचिवमा स्यारोन शेर्पा, सह–सचिवमा फूर्ब शेर्पा चयन हुनु भएको छ भने सदस्यहरुमा छिरिङ दावा शेर्पा, पेम्बा शेर्पा, माया शेर्पा र सोनाम टासी शेर्पा रहनु भएको समितिका अध्यक्ष शेर्पाले बताउनुभयो । कार्य समितिको पदावधि ३ वर्षको हुने जनाइएको छ ।
२ जेष्ठ २०८२, बिहिबार
2
Shares






