ओखलढुंगा (रेडियो ओखलढुंगा)ओखलढुंगा जिल्लाका ८ पालिकामध्ये सबैभन्दा बढी बेरुजु चम्पादेवी गाउँपालिका रहेको पाइएको छ। महालेखाको अन्तिम लेखापरीक्षण प्रतिवेदन २०८०÷८१ का अनुसार सबैभन्दा बढी बेरुजु चम्पादेवी गाउँपालिका देखिएको हो। जसअनुसार चम्पादेवी गाउँपालिकाको कूल बजेटको ५.७७ प्रतिशत बेरुजु देखिएको छ । बढी बेरुजु देखिने दोश्रो गाउँपालिका लिखु गाउँपालिका बनेको छ । लिखुको आर्थिक वर्ष २०८०÷८१ मा कूल बजेटको ३.७४ प्रतिशत रकम बेरुजु देखिएको छ ।त्यस्तै तेस्रोमा बढी बेरुजु गर्ने गाउँपलिकाको सूचिमा मानेभञ्ज्याङ्ग गाउँपालिका रहेको छ । मानेभञ्ज्याङ्गको पनि बेरुजु २.०७ प्रतिशत रहेको छ । त्यस्तै चौथोमा खिजिदेम्बा गाँउपालिका (२ प्रतिशत), पाचौंमा चिशंखुगढी गाउँपालिका (१.८७ प्रतिशत), छैठौंमा सुनकोशी गाउँपालिका (१.८६ प्रतिशत) र सातौंमा सिद्धिचरण नगरपालिका (१.२६ प्रतिशत) रहेको छ ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार ओखलढुङ्गाका ८ स्थानीय तह मध्ये यस पटक कम बेरुजु भने मोलुङ गाँउपलिकाको रहेको छ । प्रतिवेदन आुसार मोलुङको १.१० प्रतिशत बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०÷८१ को महालेखा परीक्षक सम्पन्न गरिसके पनि कार्यालयले सम्परिक्षणका लागि सबै कार्यालयलाई प्रारम्भिक प्रतिवेदन दिएको थिए ।
२ जेष्ठ २०८२, बिहिबार
44
Shares






