२३ असार २०८२, सोमबार | Tue Jul 8 2025

किशोरीलाई सामूहिक बलात्कारको आरोपमा ५ जना पक्राउ


१४ जेष्ठ २०८२, मंगलबार  

88
Shares


ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगामा एक किशोरीलाई सामूहिक बलात्कारको आरोपमा ५ किशोरलाई नियन्त्रणमा लिएको छ । पीडित किशोरीको जाहेरीका आधारमा मोलुङ गाउँपालिका –२ का ५ जना किशोरलाई सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ५ जना मध्ये २ जनाले समात्न सहयोग गरेको र ३ जनाले बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।
घटना जेठ ११ गतेको हो । प्रहरीले पीडित र पीडकको पहिचान गोप्य राखेर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, मंगलबार  १ : ५२ बजे