ओखलढुंगा (रेडियो ओखलढुंगा )खिजीदेम्बामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका– ३ तनुवामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको हो ।
सोमबार दिउँसो १२ः ३० बजेको समयमा करेन्ट लागेर खिजीदेम्बा गाउँपालिका –३ तनुवा बस्ने भविराज सुनुवारको श्रीमती ४६ वर्षीय विष्णुमाया सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । मल्टिप्लगमा चार्जेबल टर्च चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको घटना स्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
२८ जेष्ठ २०८२, मंगलबार
74
Shares