२३ असार २०८२, सोमबार | Tue Jul 8 2025

सुनकोशीमा लडेर एक महिलाको मृत्यु


१ असार २०८२, आइतबार  

62
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा)ओखलढुंगाको सुनकोशी गाउँपालिका मुलर्कमा लडेर एक महिलाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका –९ ककनी घर भई हाल सोही गाउँपालिका–५ मुलखर्क बस्दै आएकी ४५ वर्षीया गन्जी माया तामाङको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
जेठ ३१ गते दिउँसो ३ बजे घरबाट बजार जाने भनी निस्किएकी तामाङ साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा सोही दिन साँझ ७ बजे घर नजिकैको बाटोबाट झरेर करिब ५ सय मिटर तल खसेको र घाइते अवस्थामा फेला परेकी थिइन् ।
घटनापछि इलाका प्रहरी कार्यालय मुलखर्कबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि ओखलढुंगातर्फ पठाएको थियो । उनलाई असार १ गते बिहान जिल्ला अस्पताल रुम्जाटारमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ३ : १३ बजे