२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

पत्रकार आचारसंहिता तथा क्षमता विकास तालिम सम्पन्न


९ असार २०८२, सोमबार  

0
Shares

ओखलढुङ्गा, असार ९ — पत्रकार आचारसंहिता तथा क्षमता विकास तालिम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि टेकराज भट्टराई रहनु भएको थियो भने उपाध्यक्षको रुपमा रविन श्रेष्ठ तथा प्रशिक्षकका रुपमा प्रकाश बस्याल एसबि जेरो राई र शिव ढुङ्गनाले प्रशिक्षण दिनु भएको थियो।

तालिममा सहभागी पत्रकार तथा पत्रकारिता क्षेत्रमा रुचि राख्ने युवाहरु र युवतीलाई आवश्यक आचारसंहिता, पेशागत जिम्मेवारी, समाचार लेखन, रिपोर्टिङ, अनुसन्धानात्मक पत्रकारिता लगायतका विविध पक्षबारे जानकारी दिइयो। प्रशिक्षकहरुले व्यावहारिक अभ्याससहित प्रशिक्षण दिनु भएको थियो।

कार्यक्रममा सहभागीहरुले प्रमाणपत्र समेत प्राप्त गरेका थिए। कार्यक्रमको आयोजना नेपाल पत्रकार महासंघ, ओखलढुङ्गाशाखाले गरेको हो भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश सरकारको सहयोग रहेको थियो।

तालिम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरुले खुशी व्यक्त गर्दै यस्ता तालिमले पत्रकारिताको गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ४ : ०९ बजे