रेडियो ओखलढुङ्गा, असार ९ — ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा सञ्चालित ४५ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न भएको छ। तालिममा १० जना महिलाहरुको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश लेखा अधिकृत श्रेष्ठले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिमको औपचारिक समापन गर्नुभयो। कार्यक्रममा सभाध्यक्ष रामकुमार राई रहनुभएको थियो।

तालिमले सहभागी महिलाहरूलाई सीपमूलक दक्षता प्रदान गर्दै आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकहरुले व्यक्त गरेका छन्। ढाका बुनाई जस्तो परम्परागत सीपलाई संरक्षण गर्दै आधुनिक बजारसम्म पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा सहभागी महिलाहरुले तालिम अत्यन्तै उपयोगी भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले सिकेका सीपलाई व्यवसायिक रुपमा विस्तार गर्दै आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने अपेक्षा गरेका छन्।
