२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

नवौं बाँसुरी दिवस तथा खिर खाने कार्यक्रम सांस्कृतिक उत्साहका साथ सम्पन्न


१६ श्रावण २०८२, बिहिबार  

44
Shares

नवौं बाँसुरी दिवस तथा खिर खाने कार्यक्रम सांस्कृतिक उत्साहका साथ सम्पन्न
ओखलढुंगा, साउन १५, २०८२ — मानेभञ्ज्याङ गाउँपालिका–६, हिलेपानि मिरेटी भञ्ज्याङडामा नवौं बाँसुरी दिवस तथा खिर खाने कार्यक्रम परम्परागत सांस्कृतिक उत्सवका साथ भव्य रूपमा सम्पन्न भएको छ।

“संस्कृति र लोक परम्पराको निरन्तरताका लागि ” भन्ने नारासहित सम्पन्न कार्यक्रमले स्थानीय लोपोन्मुख संस्कृतिको संरक्षणमा सशक्त सन्देश दिएको छ। कार्यक्रममा किरात समुदायका लोक बाजा — बाँसुरी, बिनायो, र मुरुङ्गा — को मनमोहक धुनले माहोललाई सांस्कृतिक रंगमा रङ्ग्याएको थियो।

कार्यक्रममा सालमाया, सरस्व, राम्देली लगायत लोपोन्मुख भाकाहरू पनि प्रस्तुत गरिए, जसले पुराना सांगीतिक परम्परालाई पुनर्जीवित गर्यो।

कार्यक्रमका प्रमुख अतिथि मानेभञ्ज्याङ गाउँपालिकाको उप–प्रमुख आश्रचन राईले पालिकाबाट आगामी दिनहरूमा अझ थप सहयोग रहने बताउँदै, यस्ता कार्यक्रमलाई अझ भव्य र समावेशी बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको सञ्चालन युवा गगन राईले जिम्मेवारीपूर्वक र प्रभावकारी रूपमा गर्नुभएको थियो। स्थानीयको उत्साहजनक सहभागिता तथा सांस्कृतिक जोशले यो कार्यक्रम सफल भएको आयोजक समितिले जनाएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, बिहिबार  १ : २९ बजे