ओखलढुंगाको मोलुङ गाउँपालिका–४ माझखर्कमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
शनिबार अपरान्ह वर्षासँगै परेको चट्याङ लाग्दा ४० वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको हो । सोही घटनामा भीषण तामाङ सहित अन्य दुई जना घाइते भएको मोलुङ–४ का वडा अध्यक्ष भोलाराज राईले बताएका छन् ।
घटनास्थलतर्फ प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिएका छन् । एक जनाको मृत्यु भइसकेको र तीन जना घाइते भए पनि थप विवरण आउन बाँकी रहेको उनले बताए ।
घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।






