ब्रेकिङ न्युज

सार्वजनिक सवारीसाधन अनिवार्य बसपार्कमा प्रवेश गराउनुपर्ने   |  मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर   |  फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण   |  किसानहरुलाई निःशुल्क बाख्राको पाठी   |  बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै   |  कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने   |  खिजीदेम्बा ९ मा नागरिक समाज गठनः सरोकारवालासँग अभिमूखिकरण   |  सुनकोशीको विभिन्न वडामा मोतिविन्दु छनौट शिविर सञ्चालन   |  

Single Image

ओखलढुंगामा चालु आर्थिक वर्ष सवारी दुर्घटनामा परी १८ जनाको ज्यान गयो,३१ सवारी साधन दुर्घटना ग्रस्त

  • प्रकाशित मिति: ११-जेठ-२०७९ २:०१
  • रेडियो ओखलढुंगा
ओखलढुंगामा चालु आर्थिक वर्ष सवारी दुर्घटनामा परी १८ जनाको ज्यान गयो,३१ सवारी साधन दुर्घटना ग्रस्त

ओखलढुंगा । चालु आर्थिक वर्षमा ओखलढुंगामा सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । २०७८ साउन १ गतेदेखी हालसम्म १८ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको हो । त्यस्तै,सवारी दुर्घटनामै परी ३७ जना गम्भीर घाइते भएका छन् भने ४६ जना सामान्य घाइते भएका छन् । चालु आर्थिक वर्षको यो अवधिमा २ वटा बस, १६ वटा जिप तथा कार, २ वटा ट्रयाक्टर र १३ मोटरसाइकल गरी जम्मा ३३ वटा सवारी साधन दुर्घटनाग्रस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका ईन्चार्ज पदमप्रसाद भट्टराईले जानकारी दिए । दुर्घटनामा परेका धेरैजसो सवारी साधनहरु बिग्रिएको सडकको अवस्था र तीब्र गतीका कारण रहेको पाइएको उनको भनाइ छ । सवारी दुर्घटना कम गर्नको लागि विभिन्न समयमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिँदै र सवारी चेकजाँचलाई प्राथमिकता दिइदै आएको उनले बताए । तर, ती कार्यक्रमहरु प्रभावकारी नहुँदा सवारी दुर्घटनामा परी जिल्लामा बर्षेनी धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन् ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top