८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मोलुङको वडा कार्यालय विवाद : पायक पर्ने ठाउँमै राख्ने वडाध्यक्ष कार्कीको प्रतिबद्धता




ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका वडा-५ को वडा कार्यालय सारिएपछि स्थानीयहरुले असन्तुष्टि जनाएका छन् । वडा कार्यालय बिना सूचना, ऐन कानुन मिचेर अपायक, यातायात सुविधा नभएको ठाउँमा सारिएको वडाबासीहरुको गुनासो छ ।

एमाले मोलुङ गाउपालिका कमिटी सदस्य तथा अनेरास्वीयु केन्द्रिय कमिटी सदस्य गोपाल नेपालले कमिसन र नाताबादको आडमा वडा कार्यालय सारिएको आरोप लगाए । रेडियो ओखलढुगांको कार्यक्रम शुभ सम्बादसँग कुरा गर्दै उनले वडाध्यक्षको एकल निर्णयले वडा कार्यालय सारिएकोमा एक जिम्मेवार पार्टीको कार्यकर्ताको हिसाबले आफुले सरोकारवालाको ध्यानाकर्षण गराइसकेको बताए ।

यता, गाउँपालिका वडा-५ का नवनिर्वाचित वडाध्यक्ष गोपीकृष्ण कार्कीले भने अब पुन छलफल गरेर पायक पर्ने ठाउँमै राखिने प्रतिवद्धता जनाए । वडा कार्यालय रहेको घरबेटीले गत माघ महिनामै घरखाली गर्न निवेदन दिएको कारण आफुले तत्कालको लागि कार्यलयको सामान मात्रै सारेको उनको दाबी छ । मोलुङ नेपाली कांग्रेसका सभापति समेत रहेका कार्कीले भने,‘अब केही समयमै विधि र प्रकृयासहित कोटेशन आह्वान गरेर सबैलाई पाएक पर्ने ठाउँमा वडा कार्यालय राखिन्छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  २ : २७ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित