ओखलढुंगा । जिल्ला विपद् व्यवस्थापन समिति ओखलढुंगाको आज बसेको बैठक सकिएको छ । बैठकमा मनसुन जन्य विपद् जोखिमका सम्वन्ध छलफल भएको हो । मनसुनसँगै बाढी पहिरो, ढुवानी लगायतको समस्याहरु आइपर्न सक्ने भएकाले सतकर्ता र पूर्वतयारी गर्न समितिको बैठक वसेको प्रमुख जिल्ला अधिकारी तथा संयोजक दिलकुमार तामाङले जानकारी दिए ।
बैठकमा खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले स्थानीय तहका प्रमुख, उपप्रमुख, नेपाली सेना, नेपाल प्रहरी, रेडक्रश, उद्योग बाणिज्य संघ, पत्रकार महासंघका प्रतिनिधिहरु लगायतको उपस्थितिमा बसेको बैठकले बर्षातको समयमा हुने विपद्का घटनालाई न्यूनिकरणका लागि विभिन्न योजनाहरु निर्माण गरिएको बताए । उनका अनुसार
बैठकले प्रत्येक स्थानीय तहले विपद् कोष स्थापना गर्ने, जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा रहने, उद्धार, राहत, घाइतेको उपचारका लागि तयारी अवस्थामा रहने निर्णय गरेको छ । त्यस्तै,पहिरो नियन्त्रण, तारजालीको व्यवस्थापन, त्रिपाल, टेण्ट लगायतको तयारी अवस्थामा राख्नुपर्ने र जिल्लामा केही मौज्दात सामाग्री रहेको र मन्त्तालयबाट माग गरेर स्थानीय तहहरुलाई उपलब्ध गराउने निर्णय गरिएको प्रजिअ तामाङले जानकारी दिए ।
सडकहरुको अवस्थालाई ध्यानमा राख्दै डोजर तयारी अवस्थामा राख्ने, राहत लगायतका कार्य गर्न सुरक्षा संयन्त्र तयारी अवस्थामा रहने समेत बैठकले निर्णय गरेको छ । बैठकले गणतन्त्र दिवस मनाउने र नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई दिने निर्णय पनि गरेको छ ।