८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

भोलिदेखि दुई दिन लेखापढी लाइसेन्स तयारी कक्षा सञ्चालन हुँदै,२ सय जनाले दिए आवेदन



ओखलढुंगा । जिल्लामा भोलि(शनिबार) र आइतबार लेखापढी लाइसेन्स तयारी कक्षा सञ्चालन हुने भएको छ । ओखलढुंगा बारका अध्यक्ष टुकराज निरौलाले यही २१ गते हुने लेखापढी लाइसेन्स परीक्षाका लागि भोलीदेखि तयारी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए ।

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशनले आयोजना गरेको तयारी कक्षामा जिल्ला अदालतले आह्वान गरेको लेखापढी लाइसेन्सको लागि आवेदन दिएकाहरु सहभागि हुनसक्ने उनको भनाइ छ ।

लेखन्दास नियमावली २०५१, र कानुन व्यवासी परिषद ऐन २०५० अन्र्तगर्त काम गर्न पाउने गरि आह्वान गरिएको सूचना अनुसार २ सय जनाको आवेदन परेको छ । २१ गते सज्जा मावि ओखलढुंगामा हुने परीक्षामा पास हुनेलाई जिल्ला अदालतले लेखापढी व्यवसायका लागि योग्य भएको प्रमाणपत्र दिने छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ४९ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित