१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

पेट्रोलियम पदार्थमा लगाएको कर घटाएर मूल्यवृद्धि रोक्नुपर्‍यो : प्रचण्ड



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्ने बताएका छन् । शनिबार सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै उनले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर भए पनि जनतालाई राहत दिन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिसकेको जानकारी दिए ।

उनले भने,‘महँगीको मारले नेपाली जनताको ढाड सेकिएकै छ,प्रत्येक भान्साबाट विद्रोह हुने हो किन भन्ने परिस्थित बन्दैछ,दिन प्रतिदिन बढेको महँगीका कारण जनता आजित हुने परिस्थिति बनेको छ,यसको सामना हामीले गर्नु छ ।’

पेट्रोलियम पदार्थमा जुन कर लगाइएको छ त्यो कर घटाएर र हटाएर जसरी भए पनि जनतालाई राहत दिनुपर्ने भन्दै सरकारलाई ध्यानाकर्षण गराए । पछिल्लो समय पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि यसको चौतर्फी बिरोध भइरहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ८ : १० बजे