८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

चर्चा बटुल्दै ओखलढुंगे सर्जक निर्मलको नयाँ गित “छैन मलाई डर”



मंसिर १९

ओखलढुंगा । लोकदोहोरीको क्षेत्रमा थुप्रै चर्चित गित लेखेका ओखलढुंगाका सर्जक निर्मल श्रेष्ठको शब्द रचना रहेको अर्को नयाँ गित “छैन मलाई डर” ले चर्चा बटुल्दै गएको छ । केहि दिन अघि मात्रै युटुयुब मार्फत सार्वजनिक भएको उक्त गितलाई हालसम्म लाखौँ दर्शक श्रोताले हेरिसकेका छन् । गितमा ओखलढुंगाकै चर्चित गायक बालकुमार श्रेष्ठ र गायिका अञ्जु पन्तको सुमधुर स्वर रहेको छ । गायक बालकुमारले नै संगित भरेको उक्त गितको म्युजिक भिडियोमा ओखलढुंगाकै चर्चित मोडल उमंग श्रेष्ठ र सृष्टी खड्काले कुशल नृत्य तथा अभिनय गरेका छन् । म्ुयजिक भिडियोको सागर गौतमले  छायांकन गरेका छन् भने प्रकाश भट्टको नृत्य निर्देशन रहेको छ । उक्त गित युटुयुवमा सिधै छैन मलाई डर टाईप गरेर खोज्न सकिन्छ । लामो समयदेखि लोकदोहोरी गित रचना गर्दै आएका निर्मल श्रेष्ठको यसभन्दा अघिको गित मायाँमा भर्ना खुल्या छ ले पनि सांगितक बजार तताएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ८ : २८ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित