ओखलढुंगा । नेपाल भुमी अतिक्रमण विरुद्ध ओखलढुंगे कलाकारको स्वेदेश प्रेम गित बजारमा आएको छ । ओखलढुंगाका सर्जक अर्जुन गुरुङको शब्द संगितमा कालीपानी हाम्रै हो बोलको गित बजारमा आएको हो । भारतले अतिक्रमण गरेको नेपालको भुमी फिर्ता गर्न माग गरिएको उक्त गितमा ओखलढुंगाकै गायक निरज पोखरेल र गायिका सपना सुनमले आवाज दिएका छन् । अर्जुन दृष्टी ग्रुप अफ ईन्टरटेन्टमेन्टले उक्त गित बजारमा ल्याएको हो । गितमा भारतले अतिक्रमण गरेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता नेपाली भुमीहरु फिर्ता गर्न राजनितिक दललाई दलिय स्वार्थ त्यागेर एकजुट हुन आग्रह गरिएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको उक्त गितलाई थुप्रै दर्शक श्रोताले हेरिसकेका छन् भने सकारात्मक टिप्पणी समेत गरेका छन् ।
१४ फाल्गुन २०७८, शनिबार
0
Shares