ब्रेकिङ न्युज

निशुल्क लोकसेवा तयारी कक्षा सुरु   |  करेन्ट लागेर महिलाको मृत्यु   |  ट्रयाक्टर दुर्घटना हुँदा २ घाईते चालक फरार   |  शेर्पा संघ प्रदेश नं. १ को अध्यक्षमा पासाङ   |  ओखलढुंगामा बिना बिलको पेय पदार्थ सहित मालबाहक ट्रक नियन्त्रणमा   |  ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो, श्रीमान पक्राउ   |  सोलुखुम्बुमा भएको भलिबल खेलको उपाधि युवा संघ ओखलढुंगाले जित्यो   |  जबरजस्ती करणी अभियोगमा मोलुङका एक पुरुष पक्राउ   |  

Single Image

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको समझदारी

  • प्रकाशित मिति: २८-जेठ-२०७९ ३:२४
  • रेडियो ओखलढुंगा
मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको समझदारी

२७ जेठ, काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको लागि समझदारी भएको छ । दुवै बैंक एकआपसमा गाभिन शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । यस्तै बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे रहने छन् भने प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी इन्भेष्टमेण्ट बैंककै ज्योतिप्रकाश पाण्डेलाई दिने समझादारी छ । यस्तै डेपु्टी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मेगा बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रवीना देशराज जोशी हुनेछिन् । असोज मसान्तसम्ममा एकीकृत कारोबार सुरु गर्ने गरी दुवै बैंकले डीडीए, साधारण सभा लगायतका कामलाई तीब्र बनाउने समझदारीमा उल्लेख छ । सम्झौता पछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड र मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top