ओखलढुंगा । भदौ ३१
ओखलढुंगेली गायिका कविता खत्रीको पहिलो गित बजारमा आएको छ । “गरिबको जुनी” बोलको दशै तिहार गित बजारमा आएको हो । समिरप्रकाश पाण्डेले शब्द रचना गरेको उक्त लोक दोहोरी गितमा प्रेम साप्कोटाले संगित भरेका छन् । गायिका खत्री र गायक पुरुशोत्तम गैरेको आवाजमा रहेको उक्त गित मंगलबार युट्युब मार्फत सार्वजनिक गरिएको छ । कपिल लामाले निर्देशन गरेको म्युजिक भिडियोमा सगुन शाहि र आशिरप्रताप जंगले अभिनय गरेका छन् । गितमा साहुको ऋण तिर्न परदेशीएका दाजुलाई चाडवाडको स्मरण गराउँदै बैनीले घर आउन आग्रह गरेकी छन् । साथै गरिबको घरमा चाडवाड आउँदा थपिने पिडालाई चित्रण गरिएको छ । गायिका खत्री ओखलढुंगा स्थित साविकको गाम्नाङटार वडा नं. ७ निबासी हुन् । उनले यसभन्दा अघि चर्चित हाँस्य टेलिश्रृङखला हर्के हवल्दारमा पनि अभिनय गरिसकेकी छन् ।
भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोला ।