रेडियो ओखलढुंगा, भदौ ३१ (राज दयाल)
ओखलढुंगा । ओखलढुंगेली कलाकार, श्रष्टा र सर्जकलाई सम्मान गरिने भएको छ । ओखलढुंगाका नव कलाकार तथा श्रष्टा र सर्जकको हितमा काम गर्दै आएको एक संस्था अर्जुनदृष्टि ग्रुप अफ ईन्टरटेन्टमेन्टले कलाकारलाई सम्मान गर्ने भएको हो । जिल्लाका सक्रिय सञ्चारकर्मीहरु संग सोमबार कुराकानी गर्दै संस्थाका प्रमुख अर्जुन गुरुङले २०७६ भित्रै सास्कृतिक कार्यक्रम गरी ओखलढुंगामा जन्मिएर कलाकारीताको क्षेत्रबाट जिल्लालाई चिनाउने कलाकार तथा श्रष्टालाई नगद सहित सम्मान गरिने बताउनु भयो । तर सम्मानित हुने कलाकारलाई कति नगद प्रदान गरिने र कतिजनालाई सम्मान गरिने भनेर खुलाईएको छैन । उहाँका अनुशार जिल्ला भित्रै “ओखलढुंगेली कलाकार श्रष्टा सर्जक, सम्मान सांस्कृतीक कार्यक्रम २०७६ ”को आयोजना गरी उनिहरुलाई सम्मान गरिने भएको हो । विशेष गरी जिल्लाका सम्र्पुण कलाकारको एकिन गर्न, उनिहरुको अवस्थाबारे बुझ्न र उनिहरुलाई प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । संस्थाको यो कार्यक्रम जिल्लामा पहिलो पटक हुने बताउँदै उहाँले आगामी वर्षबाट भने प्रत्येक वर्ष त्यस्ता कलाकारलाई ५० हजार भन्दा बढी नगद सहित सम्मान गरिने बताउनु भयो । यस पटकको सांस्कृतीक कार्यक्रम भने जिल्लाको कुन ठाउँमा र कहिले भन्ने एकिन गरिनसकिएको भए पनि ढिलोमा आउँदो माग १ गते भित्रै आयोजना भईसक्ने गुरुङको भनाई छ । जसको लागि हालसम्म ५० प्रतिसत भन्दा बढी तयारी पुरा भैसकेको छ । उक्त सांस्कृतीक कार्यक्रममा जिल्लाका सम्पुर्ण कलाकार श्रष्टा र सर्जकलाई समेटिने प्रयास गरिएको छ । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका वडा नम्बर ७ निबासी अर्जुन गुरुङले काठमाण्डौमा स्थापना गरेको संस्था अर्जुनदृष्टि गुप्र अफ ईन्टरटेन्टमेन्टले जिल्लाका थुप्रै नव कलाकारलाई कलाकारीता क्षेत्रमा स्थापीत गराईसकेको छ । २०७५ सालमा स्थापना भएको यस संस्थाले हालसम्म गायन क्षेत्रमा अनुसा सुनुवार, निराज पोखरेल, सुमित्रा गुरुङ, संगिता मगर (प्रिती), राजेन्द्र बालीयाली, मोडलिङमा मञ्जु मगर लगाएत जिल्लाका १० जना भन्दा बढी नयाँ कलाकारलाई कलाकारीता क्षेत्रमा स्थापित गराईसकेको छ । ओखलढुंगेली कलाकारलाई स्थापित गराउनुको साथै उनिहरुलाई समस्या पर्दा आर्थिक सहयोग समेत गर्ने उदेश्यले अर्जुनदृष्टी ग्रुप अफ फाउन्डेसनको पनि स्थापना गर्न लागिएको गुरुङले जानकारी दिनुभयो ।