ब्रेकिङ न्युज

निशुल्क लोकसेवा तयारी कक्षा सुरु   |  करेन्ट लागेर महिलाको मृत्यु   |  ट्रयाक्टर दुर्घटना हुँदा २ घाईते चालक फरार   |  शेर्पा संघ प्रदेश नं. १ को अध्यक्षमा पासाङ   |  ओखलढुंगामा बिना बिलको पेय पदार्थ सहित मालबाहक ट्रक नियन्त्रणमा   |  ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो, श्रीमान पक्राउ   |  सोलुखुम्बुमा भएको भलिबल खेलको उपाधि युवा संघ ओखलढुंगाले जित्यो   |  जबरजस्ती करणी अभियोगमा मोलुङका एक पुरुष पक्राउ   |  

Single Image

ओखलढुंगा कारागारमा क्षमताभन्दा बढी बैदीबन्दी भएपछि समस्या

  • प्रकाशित मिति: १८-साउन-२०७९ १२:५५
  • रेडियो ओखलढुंगा
ओखलढुंगा कारागारमा क्षमताभन्दा बढी बैदीबन्दी भएपछि समस्या

काठमाडौं । ओखलढुुंगा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएका छन् । ३० जनाको क्षमता रहेको कारागारमा ९० जना राखिएका हुन् । जिल्ला कारागारका अनुसार कारागारको क्षमता पुरुष १५ जना र महिला १५ जना अटाउने हो । तर,अहिले पुरुषतर्फ ५० जना कैदी र ३३ जना बन्दी गरी ८३ जना राखिएको छ । महिलातर्फ ५ जना कैदी र एकजना महिला बन्दी गरी ६ जना रहेका छन् । एक जना कैदी महिलाले कारागारमै बच्चालाई जन्म दिएकी छन् । उनको बच्चा अहिले ६ महिनाको भएको छ । बस्नमा महिला कैदीबन्दीहरुलाई कुनै समस्या नरहेको निमित्त जेलर एवं सिनियर अहेव नरेन्द्रलाल कर्णले बताए । पुरुषहरुलाई भने बस्न, शौचालय प्रयोग गर्न, खाना खान सबैमा समस्या भएको बताइएको छ । समस्याका बाबजुद कैदीबन्दीहरु सीपमूलक काममा व्यस्त हुने गरेका छन् । पुरुषहरु मुँढा बनाउने र महिलाहरु ढाका बुन्ने, मैन बत्ती बनाउने काम गर्ने गरेको कर्णले जानकारी दिए । मुँडाको माग उच्च रहेकाले माग पूरा गराउन सक्ने अवस्था नरहेको पनि जेलर कर्णले जानकारी दिए । कैदीबन्दीलाई मनोरञ्जनका लागि टेलिभिजनको व्यवस्था छ । पुरुषहरुको लागि २ वटा महिलाहरुका लागि एउटा डिसहोम टेलिभिजन राखिएको छ । उपन्यास, कानुनसँग सम्बन्धित पुस्तकहरु राखिएको पुस्ताकालय पनि रहेको छ । प्रदेश न. १ को आर्थिक मामला तथा कानुन मन्त्रालयबाट थप पुस्तकहरु प्राप्त भएको निमित्त जेलर कर्णले बताए । कैदीबन्दीको नियमित रुपमा स्वास्थ्यजाँच गर्ने गरेको उनको भनाइ छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top